मंगलवार, फाल्गुन ५,२०८२ 03:36:32
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 03:36:32
Bizshala
Global IME Bank Limited

हाथवे इन्भेष्टमेन्टको आम्दानी र नाफा दुवै घट्यो, ईपीएस जम्मा ०.५६ रुपैयाँ

हाथवे इन्भेष्टमेन्टको आम्दानी र नाफा दुवै घट्यो, ईपीएस जम्मा ०.५६ रुपैयाँ
Shivam Cement

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आम्दानी र नाफा दुवै घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ४४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८७.३६ प्रतिशतले कम हो  ।    

अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ३ करोड ४९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी पनि ८१.९६ प्रतिशतले घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म ८८ करोड १४ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ४ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको खर्च भने घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ६७ लाख ५हजार रुपैयाँ कुल खर्च गरेको कम्पनीले समीक्षा अवधिसम्म भने २२ करोड ६८ लाख  कुल खर्च गरेको छ ।  कम्पनीले यो अवधिसम्म ४ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ १३ करोड ६५ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको फेयर भ्यालु रिजर्भमा ३९ करोड ११ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.५६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६६.६४ ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८५.८६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६४८.८८ गुणा कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.