काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि समाप्त भएको छ । सामूहिक लगानी कोषका लागि छुट्टाइएको कम्पनीको ३६ हजार ५१२ कित्ता सेयरको लक इन अवधि हिजो(चैत १ गते) समाप्त भएको हो ।
उक्त सेयरको लक इन अवधिको समाप्तबारे नेपाल धितोपत्र बोर्डले गत मंसिर २५ गते निर्देशन दिएको थियो ।
कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँबराबरको १२.५० प्रतिशत अर्थात १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँ दरको २९ लाख २५ हजार कित्ता साधारण सेयरमध्ये सर्वसाधारणलाई छुट्टाईएको सेयरमध्येको ५ प्रतिशत हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयरमध्ये लक इनमा राखिएको ३६ हजार ५१२ कित्ता सेयरको लक इन अवधि सकिएको हो ।