काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका संस्थापक तथा कर्मचारीहरूका नाममा रहेको सेयरको ‘लक इन’ अवधि आगामी असोज २ गतेपछि समाप्त हुने भएको छ। सर्वसाधारणलाई २०८० असोज २ गते सेयर बाँडफाँड गरिएको मितिले तीन वर्ष पूरा हुने भएकाले नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार कम्पनीको २ करोड कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुन लागेको हो।
धितोपत्र बोर्डको निर्देशन बमोजिम कम्पनीले संस्थापकहरूको २ करोड ४ लाख ७५ हजार कित्ता र कर्मचारीहरूतर्फ सुरक्षित गरिएको ५८ हजार ५०० कित्ता गरी कुल २ करोड ५ लाख ३३ हजार ५०० कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको छ ।
लक इन अवधि समाप्त भएपछि उक्त सेयर कारोबारका लागि योग्य हुने भए तापनि कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार सेयर रोक्का नै रहने कम्पनीले स्पष्ट पारेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।