शुक्रबार, असार १३,२०८२ 12:52:46
  • शुक्रबार, असार १३,२०८२ 12:52:46
Global IME Bank Limited

गरिमा विकास बैंकले आर्जन गर्‍यो ५१.१२ करोड खूद नाफा,खराब कर्जा अनुपात २.९५%

Hyundai Nepal
गरिमा विकास बैंकले आर्जन गर्‍यो ५१.१२ करोड खूद नाफा,खराब कर्जा अनुपात २.९५%
Nabil Bank Limited

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म ५१ करोड १२ लाख रुपैया खूद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यो अवधिमा बैंकको खूद नाफा २.०८ प्रतिशतले मात्रै बढेको हो ।  

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खूद नाफा ५० करोड २१ लाख रुपैयाँ थियो ।  

 

CG Motors
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ८९.२१ प्रतिशतले घटेको छ । यो अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ४९ लाख रुपैयाँ थियो ।  

यस्तै बैंकको इमपेयरमेन्ट चार्जमा वृद्धि देखिएको छ । इम्पेयरमेन्ट चार्ज गत आवको सोहि अवधिमा ३५ करोड १९ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ५४ करोड १ लाख रुपैयाँ पुगेको छ ।  

बैंकको सञ्चालन मुनाफामा सामान्य वृद्धि भएको छ । अघिल्लो आवमा ७१ करोड ६७ लाख रहेको सञ्चालन  मुनाफा बढेर ७३ करोड २२ लाख रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको खूद ब्याज आम्दानी ५ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिसम्म ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ थियो । बैंकको खराब कर्जा अनुपात गत आवको समीक्षा अवधिसम्म १.८९ प्रतिशत रहेकोमा बढेर २.९५ प्रतिशत पुगेको छ ।  

बैंकले ग्राहकबाट ७८ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । जुन गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७६ अर्ब ९६ लाख रुपैयाँ थियो ।

बैंकको प्रतिसेयर आम्दानी १८.०३ रुपैयाँ,मूल्य आम्दानी अनुपात २१.३७ गुणा,प्रति सेयर नेटवर्थ १४५.४७ रुपैयाँ,तरलता अनुपात २४.७४ गुणा र प्रतिसेयर  कुल सम्पत्तिको मूल्य १६१८.४८ रुपैयाँ कायम भएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.