बिहीबार, भाद्र १२,२०८२ 10:16:38
  • बिहीबार, भाद्र १२,२०८२ 10:16:38
Global IME Bank Limited

भदौ १८ गतेदेखि निजी विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने घोषणा

Hyundai Nepal
भदौ १८ गतेदेखि निजी विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने घोषणा
Shivam Cement

काठमाण्डौ । निजी विद्यालय सञ्चालकहरूले दोस्रो चरणको आन्दोलनअन्तर्गत विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले भदौ १८ गतेदेखि अनिश्चित कालका लागि विद्यालय बन्द गर्ने घोषणा गरेका हुन् ।  

शिक्षा विधेयकका केही विषयहरू निजी विद्यालयका लागि अस्वीकृत भएको भन्दै निजी विद्यालय सञ्चालकहरू आन्दोलनरत छन् । निजी विद्यालयलाई गैरनाफामूलक बनाइने भन्ने वाक्यांश हटाउन प्याबसनले माग गरेका हुन् । पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनुपर्ने माग पनि उनीहरूको छ । साउन २२ गते शिक्षा समितिबाट पारित भएको संसदीय उपसमितिको प्रतिवेदनमा निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने व्याक्यांश छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

निजी विद्यालय सञ्चालकहरूले हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने माग समेत राखेका छन् ।  

दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरुः  

–मिति २०८२ भाद्र १२ गते बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा गर्ने । उपत्यकाको हकमा माइतीघरमण्डलामा भेला भई र्‍याली हुँदै कोण सभामा परिणत हुने ।

–मिति २०८२ भाद्र १४ र १५ गतेको आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले व्यापक तयारी बैठक गर्ने ।

–मिति २०८२ भाद्र १६ गते विहान ११ बजे देशैभरिका स्कूलबसहरूमा कालोझण्डा ९व्यानर० सहित विद्यालयको पायक पर्ने चोकमा उतारी नगर परिक्रममा गर्ने । काठमाडौं उपत्यकाको हकमा २७ किमी चक्रपथ वरिपरि तथा जिल्लाहरूमा प्रतिघण्टा २० किमीको गतिमा भव्य र्‍याली गर्ने । उक्त यात्रामा सबै संगठनका केन्द्रीय प्रदेश जिल्ला र पालिकाका सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा सबै विद्यालय सञ्चालक, प्रिन्सिपलज्यूहरूको अनिवार्य उपस्थिति हुनुपर्नेछ ।

 

–मिति २०८२ भाद्र १७ गते आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले व्यापक तयारी तथा समीक्षा बैठक गर्ने ।

–मिति २०८२ भाद्र १८ गते बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा गर्ने । उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई र्याली हुँदै कोण सभामा परिणत हुने ।

–मिति २०८२ भाद्र १८ गतेसम्म पनि हाम्रो मागको सकारात्मक सुनवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्ने ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.