काठमाण्डौ । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पशुपति देव पाण्डे निर्विरोध निर्वाचित भएका छन्।प्योर क्लोथिङका सञ्चालक पाण्डेको नेतृत्वमा आगामी दुई वर्षको लागी तयारी पोशाक उद्योग संघको नयाँ कार्यसमिति चयन भएको हो।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य समेत रहेका पाण्डे यस अघिपनि संघको अध्यक्ष रहेका थिए।
संघको निवर्तमान अध्यक्षमा चण्डी प्रसाद अर्याल, प्रथम उपाध्यक्षमा बसन्तराज अधिकारी (हिमालयन कटन फेसन एण्ड ईन्टरनेशनल प्रालि) र उपाध्यक्षमा भुपेन्द्रकुमार बस्नेत (विद्या एप्परेल्स प्रालि) र्निविरोध निर्वाचित भएका छन्।
त्यस्तै, महासचिवमा भिमकुमार गिरी (ब्ल्याक फेसन ई. प्रालि), सहसचिवमा थोमनाथ बस्याल (युनाईटेड फेशन निटिङ्ग ई. प्रालि) चयन भएका छन् भने कोषाध्यक्षमा संजयकुमार अग्रवाल (हेरिटेजफेसन) निर्वाचित भएका छन्।
साथै, कार्यसमिति सदस्यमा क्रमशः कृष्णप्रसाद पाण्डे (ट्रान्सट्रिप गार्मेन्ट ई. प्रालि), सुरेशमान श्रेष्ठ (जम्फानिटिङ इण्डष्ट्रिज), हिराकाजी मुक्तान (लोगो फेसन ई.प्रालि), सतिस गिरी (अनुजित एपरेल्स), सचिन्द्र प्रधानाङ्ग (हिमालयन निट वेयर) र रमेश कुमार कर्ण निर्वाचित भएका छन्।
त्यस्तै, आमन्त्रीत सदस्यमा सन्दिप पौडेल चयन भएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।