काठमाण्डौ । भ्रष्टचार र सामाजिक सञ्जालविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीलाई रोक्न सरकारले काठमाण्डौको टियर ग्याँस र पानीको फोहोरा हान्न सुरु गरेको छ ।
बानेश्वरस्थित संसद भवनतर्फ अगाडि बढेका जेनजीलाई रोक्न प्रहरीले भर्खरैदेखि टियर ग्याँस र पानीको फोहोरा प्रहार गर्न सुरु गरेको हो ।
प्रहरीको टियर ग्याँस र पानीको फोहोराको प्रतिरक्षा गर्दै जनेजीहरु अगाडि बढ्ने क्रम जारी रहेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।
सरकारले जेनजीको प्रदर्शनलाई बिथोल्ने उद्देश्यले बल प्रयोग गरिरहेको समेत देखिएको छ ।





प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।