काठमाण्डौ । भ्रष्टाचार र भ्रष्ट नेताविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले बानेश्वरस्थित संसद भवनको पर्खाल भत्काएका छन् ।
केही प्रदर्शनकारीले पर्खाल भत्काएका र केही पर्खाल नाघेर संसद भवनतर्फ प्रवेश गर्दै प्रदर्शन गरिरहेका छन् ।
सरकारले प्रदर्शनकारीलाई रोक्न टियर ग्यासँ र पानीको फोहोरा प्रहार गरेपछि प्रदर्शनकारीहरु थप उत्तेजित देखिएका छन् ।
यो क्रममा बानेश्वर क्षेत्रमा दोहोरो हानाहान चलिरहेको छ । प्रदर्शनकारीको ढुंगा लागेर दुई प्रहरी घाइते भएका हाम्रा संवाददाताहरुले जनाएका छन् । प्रदर्शनकारीतर्फ समेत केही व्यक्ति घाइते भएका छन् ।



