बिहीबार, असार १८,२०८३ 12:47:56
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:47:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध प्रदर्शन चर्कियो, शीतलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु

Laxmi Sunrise Bank Limited
सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध प्रदर्शन चर्कियो, शीतलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु

काठमाण्डौ । सामाजिक सञ्जालमाथि सरकारद्वारा लगाइएको प्रतिबन्धको विरोधमा युवा पुस्ताले सोमबार काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि आक्रोशपूर्ण प्रदर्शनलाई जारी राखेका छन् ।  

जेन जेड पुस्ताद्वारा अगुवाइ गरिएको यो आन्दोलनमा कलेजका विद्यार्थीहरू, किशोर–किशोरीहरू कलेज ड्रेस र झोलासहित सहभागि देखिए। उनीहरू हातमा राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिएका थिए। कतिपयले साथीलाई काँधमा राखेर झण्डा फहराएका थिए भने, अन्यले संसद् भवनको सुरक्षाघेरातर्फ धक्का दिने प्रयास गरेका थिए।

New Office
CG Motors
Garima Development Bank

कलेज ड्रेसमै प्रदर्शन, झण्डा फहराउँदै संसद् प्रवेशको प्रयास

आन्दोलनमा सहभागी अधिकांश युवा कलेज ड्रेस र झोला सहित देखिएका थिए। उनीहरूले नेपालको राष्ट्रिय झण्डा फहराउँदै “अभिव्यक्ति स्वतन्त्रता हनन बन्द गर”, “भ्रष्टाचारको अन्त्य गर” जस्ता नारासहित प्रदर्शन गरे।

केही प्रदर्शनकारीहरू संसद् भवनको मूल गेटतर्फ धकेलिँदा प्रहरीले बारम्बार अश्रुग्यास प्रहार गर्नुका साथै हल्का लाठीचार्जसमेत गर्‍यो। आन्दोलनकारीहरूले सुरक्षा पोस्टमा चढेर झण्डा फहराए, संसद् भवनभित्र पस्न आह्वान गरे।

हवाइ फायर र भिडन्त, सुरक्षाकर्मीमाथि पानीको बोतल प्रहार

दोस्रो नम्बर गेट (सांसदहरूको प्रवेशद्वार) मा पुगेका केही प्रदर्शनकारी संसद् भवनमा जबर्जस्ती छिर्न खोजेपछि प्रहरीले हवाइ फायर गर्दै भिड तितरबितर पार्ने प्रयास गर्‍यो। त्यसक्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच पानीको बोतल र ढुंगा हानाहानसमेत भएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रबरको गोली लागेर दुई फोटो पत्रकार घाइते

प्रदर्शनस्थल कभर गरिरहेका नयाँ पत्रिकाका दिपेन्द्र ढुंगाना र नेपाल प्रेसका उमेश कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको छ। घाइते पत्रकारहरूलाई तत्कालै सिभिल अस्पताल पुर्‍याइएको छ।

कर्फ्युको उल्लंघन गर्दै प्रदर्शन जारी

जिल्ला प्रशासन कार्यालयले दिउँसो १ बजेदेखि राति १० बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन रोकिएको छैन। थापागाउँ हुँदै सिंहदरबार क्षेत्रसम्म फैलिएको आन्दोलन अझै जारी छ।

सरकारविरुद्ध युवाको आक्रोश

प्रदर्शनकारीहरू सामाजिक सञ्जाल बन्दको मात्र होइन, देशभर व्याप्त भ्रष्टाचार, सत्तामा बसेका नेताहरूको अनियन्त्रित जीवनशैली, र व्यवस्थाप्रति असन्तुष्टिका कारण सडकमा उत्रिएको बताइन्छ। “हामी केवल सामाजिक सञ्जालका लागि होइन, देशको भविष्यका लागि लडिरहेका छौं,” एक प्रदर्शनकारीले भने।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.