काठमाण्डौ । नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएसँगै सेनाको समेत तैनाथी गरिएको छ। संसद् घेराउ गर्न पुगेका जेन जी प्रदर्शनकारीले ढुंगामुढा गरेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तत्काल कर्फ्यु आदेश लागू गरेको हो।
कर्फ्यु लागू भएसँगै माइतीघर, नयाँ बानेश्वर, तीनकुने र शंखमुल आसपासको क्षेत्रलाई राति १० बजेसम्म निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ।
त्यस्तै, शीतल निवाससहितका संवेदनशील स्थानलाई समेत कर्फ्युको दायरामा ल्याइएको छ। राष्ट्रपति निवास परिसर महाराजगन्ज, उपराष्ट्रपति निवास लैनचौर, सिंहदरबार चारैतिर तथा प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रलाई समेत कर्फ्यु आदेशले घेरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।