बिहीबार, श्रावण २१,२०८३ 02:39:36
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 02:39:36
Bizshala
Global IME Bank Limited

प्रहरीको दमनबाट २ जेनजी प्रदर्शनकारीको मृत्यृ, मृतकको संख्या अझै बढ्नसक्ने

प्रहरीको दमनबाट २ जेनजी प्रदर्शनकारीको मृत्यृ, मृतकको संख्या अझै बढ्नसक्ने
New Office

काठमाण्डौ । जेनजीले काठमाण्डौमा गरेको प्रदर्शनमा प्रहरीले दमन गरी गोली चलाउँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । अरु केहीको पनि मृत्यु भएको बताइए पनि त्यसको स्वतन्त्र पुष्टि भइसकेको छैन । 

बानेश्वर प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा गम्भीर घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो ।  

मृत्यु भएकामध्ये एकजना धनकुटाका पारुहाङ उथुमी राई नाम गरेका प्रदर्शनकारी रहेका बताइएको छ । मृतक अर्को व्यक्तिको भने पहिचान हुन सकेको छैन । 

कतिपयले प्रहरीको गोली लागेर केहीको प्रदर्शनस्थलमै मृत्यु भएको समेत दाबी गरिरहेका छन् । अरु केही गम्भीर घाइतेको पनि उपचारका क्रममा मृत्यु भएको बताइए पनि यसको स्वतन्त्र पुष्टि भइसकेको छैन ।  

प्रहरीले जेनजी पुस्तामाथि गरेको दमनका क्रममा गोली लागेर ८० जनाभन्दा बढी घाइते भएका छन् ।  

प्रहरीतर्फ पनि करिब १५ जना घाइते भएका दाबी गरिएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.