काठमाण्डौ । प्रहरीले दमन गरी जथाभावी गोली चलाउँदा प्रदर्शनमा उत्रिएका जेनजीमध्ये ४ जनाको काठमाण्डौको ट्रमा सेन्टरमा मृत्यु भएको छ।
अस्पताल स्रोतले उपचारका क्रममा गम्भीर घाइतेमध्ये ४ प्रदर्शनकारीको त्यहाँ मृत्यु भएको दाबी गरेको हो ।
उता बानेश्वरस्थित सिभिल अस्पतलमा समेत २ जनाको मृत्यु भएको बताइएको छ । दुवै अस्पतालको दाबीलाई आधार मान्ने हो भने जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
अस्पताल स्रोतबाहेक अन्य निकायबाट ६ जनाको मृत्यु भएको विषयको पुष्टि हुन सकेको छैन ।