बिहीबार, श्रावण २१,२०८३ 02:41:03
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 02:41:03
Bizshala
Global IME Bank Limited

प्रहरीको गोली लागी इटहरीमा २ जेनजीको मृत्यु

प्रहरीको गोली लागी इटहरीमा २ जेनजीको मृत्यु
New Office

इटहरी । सरकारको गलत कार्यशैली र भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेनजीहरुमाथि प्रहरीले सुनसरीको इटहरीमा समेत दमन गरेको छ । त्यहाँ प्रहरीले चलाएको गोलीबाट घाइते २ प्रदर्शनकारीको मृत्यु भएको छ । 

इटहरीमा समेत काठमाण्डौमा जस्तै जेनजी पुस्ताले सरकारको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तथा बढ्दो भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शन उग्र भएपछि दोहोरो झडप भएको थियो । प्रदर्शनकारीहरुले इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी समेत गरेका थिए । केही पर रहेको इलाका प्रहरी कार्यालयमाथि समेत आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो ।  

सो क्रममा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौ सेल अश्रुग्यासको साथमा रबरको गोली समेत प्रहार गरेको थियो । प्रहरीको गोली लागी केही प्रदर्शनकारी घाइते भएकामा २ जनाको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । 

घाइते भई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएकामध्ये २५ वर्ष उमेर समूहका दुईजनाको मृत्यु भएको हो । मृतकको सनाखत भइसकेको छैन ।  

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बिजशालासँग कुरा गर्दै इलाका प्रहरी कार्यालय इटहरी र उपमहानगरपालिका तथा मेयरको कार्यकक्षमा आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागी ६ जनाभन्दा बढी घाइते भएका प्रत्यक्षदर्शीको दाबी छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.