बिहीबार, श्रावण २१,२०८३ 02:42:18
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 02:42:18
Bizshala
Global IME Bank Limited

जेनजीको रगत बगेपछि सामाजिक सञ्जाल पुनः सञ्चालनको पक्षमा कांग्रेस, आजैको क्याबिनेटबाट निर्णय आउनसक्ने

जेनजीको रगत बगेपछि सामाजिक सञ्जाल पुनः सञ्चालनको पक्षमा कांग्रेस, आजैको क्याबिनेटबाट निर्णय आउनसक्ने
New Office

काठमाण्डौ । सत्तारूढ नेपाली कांग्रेसले सरकारले बन्द गरेका सामाजिक सञ्जाल तत्काल खोल्नुपर्ने निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा सोमबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गत बिहीबार रोकिएका सामाजिक सञ्जाललाई पूर्ववत सञ्चालनमा ल्याउन आग्रह गर्ने निर्णय गरेको हो।

महामन्त्री गगन थापाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसको निर्णय आधिकारिक रूपमा जानकारी गराइसकिएको छ। सभापति देउवाले प्रधानमन्त्रीलाई टेलिफोन गरेर आजै मन्त्रिपरिषद् बैठकमार्फत सामाजिक सञ्जाल खोल्ने निर्णय गर्न आग्रह गरेका छन्। प्रधानमन्त्रीले समेत देउवाको प्रस्ताव सकारात्मक प्रतिक्रिया दिएका बताइएको छ ।  

गत बिहीबार सरकारले नेपालमा दर्ता नभएका फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो। यसविरुद्ध र भ्रष्टाचारविरुद्ध जेनजी समूहले देशव्यापी प्रदर्शन गर्दा काठमाडौं र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ। सयौं घाइते भएका छन् ।

कांग्रेस नेताहरुका अनुसार बैठकमा गृहमन्त्री रमेश लेखकको भूमिका पनि विवादको विषय बनेको छ। केही नेताहरूले मन्त्री लेखकले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। लेखकलाई राजीनामा गराउने विषयमा शीर्ष नेताहरु एकमत रहेका समेत स्रोतको दाबी छ ।  

केही नेताले भने देउवालाई ओली नेतृत्वको सरकारबाट कांग्रेस बाहिरिनुपर्ने सुझाव समेत दिएका थिए ।  

यसैबीच, कांग्रेसले सुझाएका विषयमा आवश्यक निर्णय गर्न केहीबेरअघिदेखि बालुवाटारमा मन्त्रिपरिषद बैठक चलिरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.