काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएको सरकारी स्रोतले जानकारी दिएको छ।
त्यसअघि दिउँसो पार्टी पदाधिकारीहरूसँगको छलफलमा समेत लेखकले हालैको घटनाप्रति नैतिक जिम्मेवारी लिँदै अब पदमा रहन उचित नहुने धारणा व्यक्त गरेका थिए।
सोमबार भएको जेनजीहरूको आन्दोलन हिंसात्मक बनेपछि परिस्थिती नियन्त्रण बाहिर गएको थियो। हालसम्म उक्त घटनामा १९ जनाको ज्यान गइसकेको पुष्टि भएको छ।
यही घटनाक्रमलाई जिम्मेवारीका रूपमा व्याख्या गर्दै मन्त्री लेखकले आफ्नो पद त्यागेको बुझिएको छ।
नैतिकता देखाएर गृहमन्त्रीले राजीनामा गरे पनि जेनजी, उनका अभिभावक र बानेश्वर लगायतका दमनका घटना हेरेका नागरिकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत राजीनामा मागिरहेका छन् । ओलीको राजीनामा आउने वा सरकार छाड्ने सम्भावना पनि तत्कालन देखिन्न ।