बिहीबार, असार १८,२०८३ 10:38:25
Bizshala
  • बिहीबार, असार १८,२०८३ 10:38:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नेपालमा जेनजी प्रदर्शन कसरी कभरेज भयो ?

Laxmi Sunrise Bank Limited
अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नेपालमा जेनजी प्रदर्शन कसरी कभरेज भयो ?

काठमाण्डौ । नेपालमा सोमबार, ८ सेप्टेम्बर २०२५ मा जेनजी समूहले सामाजिक सञ्जालमा प्रतिबन्धको विरोधमा गरेको प्रदर्शनले अन्तर्राष्ट्रिय ध्यान तानेको छ। प्रमुख सञ्चार माध्यमहरूले घटनाको व्यापकता, हिंसात्मक स्वरूप र राजनीतिक पृष्ठभूमि समेटेर समाचार प्रकाशित गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

अमेरिकी प्रेस एजेन्सी (AP) का अनुसार काठमाडौँमा प्रदर्शनकारीहरूले संसद भवनमा प्रवेश गर्ने प्रयास गर्दा प्रहरीद्वारा गोली चलाउँदा कम्तीमा १७ जनाको मृत्यु भएको र १४५ जना घाइते भएका छन्। प्रदर्शनको मुख्य कारण सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारको विरोध रहेको बताइएको छ।

इकोनोमिक टाइम्स ले उल्लेख गरेको छ कि प्रहरीद्वारा आक्रमण गर्दा १८ जनाको मृत्यु भएको र २५० भन्दा बढी घाइते भएका थिए। समाचारमा भनिएको छ, “सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारका विरोधमा युवा–जनताको आक्रोश प्रदर्शनमा पर्‍यो।”

द सन का अनुसार प्रदर्शनकारीहरूले “सामाजिक सञ्जालको प्रतिबन्ध हटाओ, भ्रष्टाचार हटाओ” जस्ता नारा लगाएका थिए। प्रहरीले अश्रुग्यास, पानीको तोप र रबरको गोली प्रयोग गरी प्रदर्शनकारीलाई नियन्त्रणमा राख्न खोजेको उल्लेख गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

टाइम्स अफ इन्डियारोयटर्स अनुसार प्रहरीले संसद भवनमा प्रवेश गर्ने प्रयासरत प्रदर्शनकारीमाथि गोली चलाउँदा १९ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका थिए। प्रदर्शनकारीहरूको मुख्य माग सामाजिक सञ्जाल प्लेटफर्महरूको प्रतिबन्ध हटाउने र सरकारी भ्रष्टाचारको अन्त्य गर्नुपर्ने थियो।

अल जजिरा ले पनि सो घटनालाई प्रमुख समाचारको रूपमा प्रकाशित गर्दै, जेनजी समूहका युवाहरूले लोकतान्त्रिक अभिव्यक्ति अधिकार र स्वतन्त्रता सुनिश्चित गर्न सडकमा उत्रेको र प्रदर्शन हिंसात्मक बनेको उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्रदर्शनमा मृतकको संख्या, घाइतेको अवस्था, प्रदर्शनको कारण र सरकारको प्रतिक्रिया सबै पक्ष समेटेर विश्लेषण गरेका छन्। यस घटनाले नेपालमा राजनीतिक तनाव बढाएको र सरकार तथा युवाबीचको दूरी बढाएको देखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.