काठमाण्डौ । भक्तपुर जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले आज बिहान साढे ८ बजेदेखि लागुहुनेगरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
भक्तपुर जिल्लाको मध्यपुर थिमि, सूर्यविनायक, चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाभित्रका चार किल्ला तोकि कर्फ्यू लगाइएको हो । कर्फ्यू अवधिभर आवत जावत गर्न वा कुनैपनि प्रकारको भेला, जुलुस ,प्रदर्शन, सभा, बैठक र घेराउ गर्न पाइने छैन ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।