बिहीबार, श्रावण २१,२०८३ 02:49:48
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 02:49:48
Bizshala
Global IME Bank Limited

उग्र बन्यो प्रदर्शन: प्रचण्डको घरमा आगजनी, कलंकीमा झडप

उग्र बन्यो प्रदर्शन: प्रचण्डको घरमा आगजनी, कलंकीमा झडप
New Office

काठमाण्डौ । मंगलबार देशभर प्रदर्शन चर्किएको छ । केपी ओली नेतृत्वको सरकारले निर्मम ढंगले प्रदर्शनमा उत्रिएका जेनजी पुस्ताका २० जनाको गोली हानी हत्या गरी ३०० बढीलाई घाइते बनाएपछि आक्रोशित जनमानसले बिहानैदेखि काठमाण्डौ लगायतका देशका प्रमुख शहरी क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । 

यो क्रममा केहीबेरअघि प्रदर्शनकारीले ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को  निवासमा आगजनी गरेका छन् ।  

सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

उता, कलंकी क्षेत्रमा भने सुरक्षाकर्मी र प्रदर्शनकारीबीच दोहोरो झडप भइरहेको छ । प्रदर्शनकारीले त्यहाँको टाफिक बिटमा आगजनी गरी ढुंगामुडा गरेपछि दोहोरो झडप भएको हो । झडपका कारण कलंकी क्षेत्र तनावग्रस्त बन्न पुगेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.