बिहीबार, असार १८,२०८३ 10:42:22
Bizshala
  • बिहीबार, असार १८,२०८३ 10:42:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मंगलबार पनि दमनै उत्रियो ओली सरकार, कलंकीमा सर्वसाधारणमाथि भयो यो हदसम्मको ज्यादती

Laxmi Sunrise Bank Limited
मंगलबार पनि दमनै उत्रियो ओली सरकार, कलंकीमा सर्वसाधारणमाथि भयो यो हदसम्मको ज्यादती

काठमाण्डौ । सोमबार बानेश्वरमा नरसंहार मच्चाएका सुरक्षाकर्मीले मंगलबार पनि दमनकै रबैया अपनाइरहेका देखिएको छ ।  

काठमाण्डौ लगायत देशका विभिन्न क्षेत्रमा प्रदर्शन उग्र बन्दै गइरहेको बेला सुरक्षाकर्मीले काठमाण्डौको कलंकी क्षेत्रमा सर्वसाधारणमाथि दमन गरेका छन् । शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका र बाटो हिँडिरहेकाहरुलाई समेत प्रहरीले जथाभावी कुटपिट गरेको दृश्य बिजशालाले फेला पारेको छ । त्यो भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला । 

New Office
CG Motors
Garima Development Bank

कलंकीको मन्दिर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भइरहेको छ । सो क्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको त्यहाँबाट हाम्रा संवाददाताले जनाएका छन् । सो क्रममा आवश्यकता नै नहुँदा समेत प्रहरीले टियर ग्याँस र हवाई फायर गरेको छ । प्रहरीको कुटपिटबाट केही व्यक्ति घाइते भएका छन् । अहिले कलंकी क्षेत्र तनावग्रस्त बन्न पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रहरी दमनको बाबजुद कलंकी र आसपासको क्षेत्रमा प्रदर्शन रोकिएको छैन । घर घरबाट कलिला विद्यार्थी, तिनका अभिभावक, गृहिणी समेत सडकमा उत्रिएर केपी ओली नेतृत्वको सरकारको दमनविरुद्ध प्रदर्शन गरिरहेका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.