बिहीबार, श्रावण २१,२०८३ 03:51:10
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 03:51:10
Bizshala
Global IME Bank Limited

चर्कियो जेनजी आन्दोलन: देउवा र लेखकको घरमा आगजनी, कांग्रेस-एमाले पार्टी कार्यालयमा तोडफोड

चर्कियो जेनजी आन्दोलन: देउवा र लेखकको घरमा आगजनी, कांग्रेस-एमाले पार्टी कार्यालयमा तोडफोड
New Office

काठमाण्डौ । जेनजी आन्दोलन मंगलबार थप आक्रामक बनेको छ। सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवाहरूले विभिन्न राजनीतिक दलका कार्यालय र शीर्ष नेताहरूका निवासमा आगजनी र तोडफोड गरेका छन्।

काठमाडौंको बूढानीलकण्ठस्थित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा प्रदर्शनकारीले मुख्य गेट भत्काएर प्रवेश गरी घरभित्रै आगजनी गरेका छन्। देउवा हाल कहाँ रहेका छन् भन्ने स्पष्ट हुन सकेको छैन। घरबाट उठेको कालो धुवाँले अवस्थालाई झन् भयावह बनाएको छ।

त्यस्तै, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको नैकापस्थित घरमा पनि प्रदर्शनकारीले भीषण आगजनी र तोडफोड गरेका छन्। हालै पदबाट राजीनामा दिएका लेखकको घर बाहिर ठूलो संख्यामा भीड जम्मा भएको छ।

कैलालीको धनगढीमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको घर समेत आन्दोलनकारीको निशाना बनेको छ। पुनःनिर्माण हुँदै गरेको उनको घरमा आगजनी गरिएका कारण ठूलो क्षति पुगेको बताइएको छ।

राजधानीमै प्रदर्शनकारीहरूले नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालय र नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन्। बल्खु क्षेत्रबाट अघि बढेको भीडले कांग्रेस कार्यालयमा आगजनी गर्दा त्यहाँ तनावपूर्ण अवस्था सिर्जना भएको छ।

युवाहरूले नेताहरूका निजी घरदेखि पार्टी कार्यालयसम्म आक्रमण थालेसँगै काठमाडौं उपत्यका लगायत देशभरको स्थिति थप जटिल बनेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.