काठमाण्डौ । खानेपानी मन्त्री प्रदीप यादवले सोमबारको जेनजी प्रदर्शनमा १९ जना युवाको मृत्यु भएपछि पदबाट राजीनामा दिएका छन्। आन्दोलनमाथि भएको दमन र व्यापक जनधनको क्षतिपछि सरकारले गरेको भूमिकाप्रति असहमति जनाउँदै उनले पदत्याग गर्ने घोषणा गरेका हुन्।
युवाहरूप्रति सम्बोधन गर्दै यादवले भनेका छन्, “प्रिय युवा दाजुभाइ र दिदीबहिनीहरू, तपाईं नै मेरो ऊर्जा र प्रेरणाका स्रोत हुनुहुन्छ। हिजोको जेनजी आन्दोलनप्रति समर्थन गर्दै र सरकारले गरेको दमनको कडा विरोधस्वरूप म खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिन्छु।”
यसअघि नेपाली कांग्रेसका तर्फबाट कृषि मन्त्री रामनाथ अधिकारीले पनि राजीनामा घोषणा गरिसकेका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेलले समेत राजीनामा दिने तयारी गरेको बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।