झापा । प्रदर्शनमा उत्रिएका युवाहरुमाथि मंगलबार झापामा प्रहरीले गोली चलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको बिर्तामोडमा प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले गोली हानेको हो ।
सो क्रममा दुईजनालाई गोली लागेको छ । ती दुवैजनाको पेटमा गोली लागेको छ । अवस्था गम्भीर रहेको स्थानीय सञ्चारकर्मीहरुले जनाएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।