• बुधबार, आश्विन १,२०८२ 01:39:09
Global IME Bank Limited

सीएनआईद्वारा जेनजीको प्रदर्शनमा भएको हिंसाको कडा शब्दमा निन्दा, संयमता अपनाउन अपिल

Hyundai Nepal
सीएनआईद्वारा जेनजीको प्रदर्शनमा भएको हिंसाको कडा शब्दमा निन्दा, संयमता अपनाउन अपिल
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले भदौ २३ गते भएको जेनजी समूहको प्रदर्शनका क्रममा युवाहरूको ज्यान गएकोप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ । सीएनआईले एक विज्ञप्ती जारी गर्दै निर्दोषहरूको ज्यान जाने कुनै पनि प्रकारको हिंसाको कडा शब्दमा निन्दा गर्ने जनाएको छ ।  

साथै, हिजोको घटना र भएको मानवीय क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘हाम्रो भविष्य नेपालका युवाहरूको ऊर्जा, रचनात्मकता र आकाङ्क्षामा निर्भर छ, हिंसाको माध्यमबाट ती आवाजलाई दबाईनु राष्ट्रकै लागि ठूलो क्षति हो ।  

नेपालको उत्पादन तथा सेवा मुलक उद्योगहरूको प्रतिनिधिमुलक संस्था परिसंघ संयमता अपनाउन सबै सरोकारवालाहरूलाई अपिल समेत गर्दछ,’विज्ञप्तीमा भनिएको छ, ‘साथै शान्ति, सुरक्षा र रचनात्मक संलग्नतालाई प्राथमिकता दिन आग्रह गर्दछ ।’  

नेपालको समृद्धिको मार्गमा द्वन्द भन्दा संवाद, विभाजनभन्दा समझदारी र सबैभन्दा माथि नागरिकको सुरक्षा हुनुपर्छ भन्नेमा परिसंघ स्पष्ट रहेको उल्लेख गरेको छ । परिसंघले  लोकतान्त्रिक अभिव्यक्तिलाई सुरक्षित राख्ने र त्यसका साथै कानुन, व्यवस्था र मानव जीवनको पवित्रता सुनिश्चित गर्ने पहलको समर्थन गर्दै आईरहेको समेत स्पष्ट पारेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.