रसुवा बाढीपीडितलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको अपिल
काठमाण्डौ । रसुवा क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग परिसंघले गहिरो दुःख व्यक्त गरेको छ।परिसंघले बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

