घोषणापत्रमा आर्थिक एजेण्डालाई पहिलो प्राथमिकता दिन सीएनआईको दलहरूलाई आग्रह
काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आगामी निर्वाचनका लागि तयार हुने राजनीतिक दलका घोषणापत्रमा आर्थिक एजेण्डालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत परिसंघले समग्र अर्थतन्त्रको सुधार, औद्योगिकीकरण र लगानी प्रवर्द्धनलाई केन्द्रमा राखेर घोषणापत्र तयार गर्न दलहरूलाई सुझाव दिएको हो ।

