शनिबार, असार १४,२०८२ 12:11:35
  • शनिबार, असार १४,२०८२ 12:11:35
Global IME Bank Limited

उद्योग परिसंघ र यूरोपियन यूनियनका पदाधिकारीबीच द्विपक्षीय व्यापार अभिवृद्धिका विषयमा छलफल

Hyundai Nepal
उद्योग परिसंघ र यूरोपियन यूनियनका पदाधिकारीबीच द्विपक्षीय व्यापार अभिवृद्धिका विषयमा छलफल
Nabil Bank Limited

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र यूरोपियन यूनीयनका पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धि लगायतका विषयमा छलफल भएको छ । परिसंघले युरोपेली आयोगका उपमहानिर्देशक मिरियाम फेरान, नेपालका लागि इयूका राजदूत भेरोनिक लोरेन्जोलगायत यूरोपियन यूनियनका विशिष्ट व्यक्तिहरूसँग दुई पक्षियहितका विषमा छलफल गरेको हो ।  

छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नेपाल र युरोपियन युनियनबीचको आर्थिक र व्यवसायिक सम्बन्धका विषयमा चर्चा गर्दै नेपालको आर्थिक विकासका लागि इयूले आगामी दिनमा गर्न सक्ने सहयोगका क्षेत्रका विषयमा जानकारी गराए । उनले युरोपेली मुलुकहरूमा सिधा उडानहरू पुनः सुचारु गराउन आवश्यक सहयोग गर्न आग्रह गरे । सुरक्षा सूचीबाट हटाई नेपालको पर्यटन क्षेत्रमा योगदान गर्न उनले आग्रह गरेका हुन् ।  

नेपालका लागि इयूका राजदूत भेरोनिक लोरेन्जोले यूरोपियन यूनियन नेपालको आर्थिक बृद्धि र विकासको यात्रामा सहयोग गर्न प्रतिबद्ध रहेको बताए । साथै, यो छलफलले दुवै राष्ट्रहरूबीच सहयोग र व्यापार बढाउने सम्भावनालाई उजागर गरेको उनले बताए ।

CG Motors
Muktinath Bikas Bank Limited

छलफल मुख्यतः व्यापार सम्बन्ध सुदृढ गर्ने, नेपाली उत्पादनलाई इयू बजारमा निर्यात क्षमता वृद्धि गर्ने, सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसित देशबाट विकासोन्मुख राष्ट्रमा स्तरउन्नोती गरेपछिको अवस्था, नेपालका लागि जीएसपी (जनरलाइज्ड स्किम अफ प्रिफरेन्स प्लस) स्थिति सुरक्षित गर्न युरोपियन युनियनको सहयोग, नेपालको उत्पादन र आईटी क्षेत्रको सम्भावना लगायत व्यवसायिक लाभ र आर्थिक विकासका विषमा केन्द्रित थियो।  

छलफलमा परिसंघका निवर्तमान अध्यक्ष विष्णु कुमार अग्रवाल, पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष राज बहादुर शाह, परिसंघ महिला नेतृत्व फोरम सभापति छाया शर्मा, परिसंघका महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागि रहेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.