मंगलवार, बैशाख ८,२०८३ 07:08:25
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 07:08:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्रपति पौडेलद्वारा निजी क्षेत्रलाई आश्वासन : “राज्य तपाईंहरूको साथमा छ”

Bizshala
राष्ट्रपति पौडेलद्वारा निजी क्षेत्रलाई आश्वासन : “राज्य तपाईंहरूको साथमा छ”
Shivam Cement

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा राजनीतिक स्थायित्व, सुशासन र शान्तिसुरक्षा सुनिश्चित गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन्। 

उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिसँग मंगलबार शीतल निवासमा भएको भेटवार्तामा उनले लगानीकर्ताको मनोबल गिरावट अर्थतन्त्रका लागि चिन्ताजनक भएको भन्दै राज्यले सर्वसाधारण र व्यवसायी दुवैलाई सुरक्षाको ठाडो प्रत्याभूति दिनुपर्नेमा जोड दिए।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

राष्ट्रपति पौडेलले भदौ २३ र २४ गतेको घटनामा सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको आगजनी र तोडफोडलाई दुःखद बताउँदै व्यवसायीहरुलाई नआत्तिन आग्रह गरे।

“राज्य तपाईंहरुको साथमा छ। कठिन परिस्थितिमा पनि निजी क्षेत्रले देखाएको साहस र धैर्य प्रशंसनीय छ,” राष्ट्रपति पौडेलले भने।

भेटमा निजी क्षेत्रका प्रतिनिधिहरूले आन्दोलनका नाममा हुने गलत घुसपैठ नियन्त्रण गर्न राज्य कडा हुनुपर्ने माग राखे। उनीहरूले दण्डहीनता अन्त्य नगरेसम्म शान्ति, स्थायित्व र लगानीको वातावरण निर्माण असम्भव हुने चेतावनी दिए।

साथै, आसन्न निर्वाचन तोकिएको समयमा नै सम्पन्न गर्न राज्य जिम्मेवार बन्नुपर्ने र आवश्यक सहकार्य निजी क्षेत्रबाट रहेको जानकारी गराए।

भदौ २३–२४ को क्षति: “निजी उद्योग प्रतिष्ठानहरूमा ठूलो मनोवैज्ञानिक प्रभाव”

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनकै नाममा भएको घुसपैठबाट सार्वजनिक तथा निजी क्षेत्रको ठूलो क्षति भएको उल्लेख गरे।

“जेनजी आन्दोलनको सुशासन र पारदर्शिताको एजेन्डा सही छन्, तर त्यसक्रममा भएको हिंसात्मक घुसपैठले व्यवसायीहरूको मनोबल कमजोर भएको छ,” ढकालले भने।

उनले औद्योगिक सुरक्षाका लागि कानुनी राज्यको प्रत्याभूति अत्यावश्यक रहेको भन्दै दण्डहीनता बढे देश थप संकटमा पर्न सक्ने चेतावनी दिए।

CG Motors
Garima Development Bank
IME remit

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले दोषीमाथि कारबाहीमा उदासीनता देखिएको र उजुरी दर्तासमेत नलिइनु दण्डहीनता बढाउने कारक भएको बताए।

उनका अनुसार, यस्तो प्रवृत्ति रोकिएन भने लगानी वातावरण कमजोर भई यस्ता घटना दोहोरिन सक्ने जोखिम उच्च छ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भदौ २३–२४ का घटनाले व्यवसायीहरूको आत्मबल नै कमजोर पारेको बताउँदै शान्ति–सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्थायित्वविना आर्थिक क्रियाकलाप सम्भव नभएको उल्लेख गर्दै व्यक्तिगत तथा औद्योगिक सुरक्षामा राज्यले गम्भीरता देखाउनुपर्ने धारणा राखे।

भेटवार्तामा महासंघका उपाध्यक्षहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल, कोषाध्यक्ष भरतराज आचार्य, होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह, व्यवसायी मिनबहादुर गुरुङ, निर्वाण चौधरी, साहिल अग्रवाललगायत उद्योगी–व्यवसायीको उपस्थिति थियो।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.