आईतवार, श्रावण १०,२०८३ 06:20:34
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 06:20:34
Bizshala
Global IME Bank Limited

महिला नेतृत्व सम्मेलन बैशाख २१ गते विराटनगरमा हुदैे, तयारी पूरा

महिला नेतृत्व सम्मेलन बैशाख २१ गते विराटनगरमा हुदैे, तयारी पूरा
New Office

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले यही बैशाख २१ गते कोशीको विराटनगरमा हुन गईरहेको राष्ट्रिय स्तरको वमन लिडरसिप समिट २०२६ को तयारी पूरा गरेको छ । उक्त समिट कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, उद्योग विभागसँगको सहकार्यमा आयोजना हुन लागेको हो । सम्मेलन आयोजनाको संयोजना सीएनआई वमन लिडरसिप फोरमले गरेको छ ।

बिहिबार परिसंघमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वीरेन्द्रराज पाण्डेले सम्मेलन दिगो समृद्धितर्फः कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तनमा केन्द्रित रहने बताए । सम्मेलनमा महिला नेतृत्व विकास क्षमता अभिबृद्धि, स्थानीय कृषि, सीप, नवप्रबर्तन तथा उद्यमशीलता प्रबद्र्धन तथा वर्तमान एवं सफल व्यवसायिक उदाहरणहरूमा केन्द्रित तथा उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत हुने उहाँले जानकारी गराए ।

सम्मेलनको आकर्षणहरूमा महिला उद्यमीहरूको प्रेरणादायी सफलता कथा प्रस्तुती, फोनपे सहित डिजिटल नवप्रवर्तन सम्बन्धी छलफल, स्वदेशी वस्तुहरुको प्रर्दशनी, उद्यमी, नीति निर्माता, निजी क्षेत्रका प्रतिनिधि तथा विकास साझेदारहरूबीच नेटवर्किङ रहेको सीएनआई वमन लिडरसिप फोरमकी सभापति विदूषी राणाले बताइन् ।

सम्मेलनको मुख्यवक्ता गोल्यान गु्रपका संस्थापक अध्यक्ष पवन गोल्यान र विशिष्ट अतिथि सविना काफ्ले रहेका छन् ।

यस सम्मेलनले महिला उद्यमीहरू, नीति निर्माता, विकास साझेदार, वित्तीय संस्था तथा उद्योगी व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई समावेशी आर्थिक वृद्धि र दिगो समृद्धिको मार्ग तय गर्ने विश्वास परिसंघले लिएको छ ।

सम्मेलनलाई सफल बनाउन प्रायोजकको रुपमा नबिल बैंक, आईएलओ, बोटलर्स नेपाल (कोका–कोला), लक्ष्मी बैंक, फोनपे, कुमारी बैंक र नोबेल मेडिकल कलेजले रहेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.