शनिबार, असार १४,२०८२ 05:21:28
  • शनिबार, असार १४,२०८२ 05:21:28
Global IME Bank Limited

परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन

Hyundai Nepal
परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन
Nabil Bank Limited

काठमाण्डौ । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । नेपाल उद्योग परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो ।  

परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था अनुसार आगामी वार्षिक साधारण सभापछि पाण्डे स्वतः परिसंघको अध्यक्ष बन्ने छन् ।  

२०७२ सालदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष रहेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

काठमाण्डौमा जन्मेका पाण्डे तीन दशकदेखि निरन्तर निर्माण उद्योगमा छन् । सिभिल इन्जिनियरिङ, आवास र शहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दख्खल राख्ने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन् । उनी हरित सामाग्री निर्माण, कृषि तथा शिक्षा क्षेत्रमा समेत सक्रिय छन् ।

पाण्डेको लामो अनुभव तथा विज्ञताले परिसंघलाई थप गतिशिल बनाउँदै देशको अर्थतन्त्र सुधारका लागि नीतिगत रुपमा उहाँले महत्वपूर्ण भूमिका खेल्नुहुने परिसंघको विश्वास छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.