आईतवार, श्रावण १०,२०८३ 06:25:47
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 06:25:47
Bizshala
Global IME Bank Limited

लगानी प्रवर्द्धनका लागि दक्षिण कोरीयाका राजदूतसँग परिसंघको छलफल

लगानी प्रवर्द्धनका लागि दक्षिण कोरीयाका राजदूतसँग परिसंघको छलफल
New Office

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र नेपालका लागि दक्षिण कोरीयाका राजदूत पार्क तइयोङ्गबीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ ।

परिसंघ सचिवालयमा आज बुधवार भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले दुई देश विचको कुटनैतिक सम्बन्ध स्थापित भएको ५० ‍औं वर्ष पुगेकै दिन भएको यो छलफल अत्यन्त सुखद र महत्वपूर्ण भएको बताए। छलफलका क्रममा अध्यक्ष अग्रवालले कोरीयाली लगानी कर्ताहरूलाई नेपालमा भौतिकपूर्वाधार, सूचना प्रविधि, पर्यटन,  जलविद्युत, कृषिलगायतका क्षेत्रमा लगानी विस्तारका लागि पहल गर्न राजदूत तइयोङ्गलाई आग्रह गरे ।

सरकारले वैदेशिक लगानी आकर्षित गर्न विद्यमान केहि कानुनहरूमा संशोधन समेत गरिसकेको प्रसंग जोड्दै अग्रवालले नेपाल लगानीका लागि राम्रो गन्तब्य रहेको बताए । दक्षिण कोरीया नेपाली श्रमिकका लागि आकर्षक गन्तब्य बन्दै गईरहेको बताउँदै नेपाली श्रमिकहरूले कोरीयामा सिकेको शिप नेपालमा उद्यमशिलताका साथै समग्र आर्थिक विकासमा सहयोगि बन्ने विश्वास व्यक्त गरे । उनले सीप विकासका क्षेत्रहरूमा समेत लगानी गर्न आग्रह गरे । परिसंघले आगामी सेप्टेम्बरमा आयोजना गर्न लागेको नेपाल पूर्वाधार सम्मेलन २०२४ मा कोरीयाबाट उल्लेख्य लगानीकर्ताहरूको सहभागिताका लागि राजदूत तइयोङ्गसंग आग्रह गरे।

राजदूत पार्क टेइ योङ्गले परिसंघले संचालन गरेको ‘मेक ईन नेपाल– स्वदेशी अभियान’को प्रशंसा गर्दै यस्ता अभियानहरूले मुलुकको उत्पादन, उत्पादकत्व तथा रोजगारीप्रवर्द्धन गर्दै आयात प्रतिस्थापनमा उल्लेख्य योगदान पुर्याउने बताए । राजदूत तइयोङ्गले कोरीयाको श्रम बजारमा उल्लेख्य उपस्थिति रहेको बताउँदै नेपालीहरू मेहनती तथा ईमान्दार रहेको बताए । उनले मुलुकमा उत्पादन हुने वस्तु तथा सो वस्तु उत्पादन हुन प्रयोग हुने कच्चा पदार्थ र अर्ध तयारी वस्तुहरूमा भन्सार दरमा भिन्नता हुनु पर्ने विचार व्यक्तगरे । नेपालको आर्थिक विकासमा आवश्यक सहयोग पुग्ने विषयहरूमा दक्षिण कोरीया सदैव सकारात्मक रहेको बताए ।

छलफलमा परिसंघका पुर्व अध्यक्ष सतिसकुमार मोर, उपाध्यक्ष निर्वाण चौधरी, राजबहादुर शाह तथा रोहित गुप्ता, पदाधिकारी समिति सदस्य छाँया शर्मा तथा महानिर्देशक डा. घनश्याम ओझालगायतको सहभागिता रहेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.