मंगलवार, कार्तिक ३,२०८३ 12:09:04
  • मंगलवार, कार्तिक ३,२०८३ 12:09:04
Global IME Bank Limited

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चद्वारा मधेश च्याप्टर गठन

Bizshala
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चद्वारा मधेश च्याप्टर गठन
New Office

काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले मधेश प्रदेश गठन गरेको छ । प्रदेश च्याप्टरको आज विरगञ्जमा आयोजित विशेष समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश च्याप्टरको शुभारम्भ गर्दै प्रदेश सरकार उद्यमीलाई प्रोत्साहन गर्न प्रतिबद्ध रहेको बताए ।  

उनले उद्यमशीलताको प्रबद्र्धन गर्न कोष बनाएको उल्लेख गर्दै मुलुकभित्र रोजगारी सिर्जना गर्न उद्यमशीलताको प्रबद्र्धन गर्न आवश्यक रहेको बताए । उनले रोजगारीको अभावमा युवाहरु विदेशिएको अवस्थामा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनाका साथ युवा उद्यमीहरुलाई संगठित गर्ने कार्यका लागि नेपाल उद्योग परिसंघ युवा उद्यमीमञ्चलाई धन्यवाद समेत दिए ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै उनले प्रदेशसँगै समग्र मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रसँग मिलेर अगाडि बढिरहेको समेत बताए ।  

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युवा उद्यमीहरुलाई देशमै केही गर्न सकिन्छ, विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न युवाहरुलाई नीतिबाटै सहजिकरण, प्रोत्साहन गर्न आवश्यक रहेको बताए । देशमा रोजगारी बढाउन, औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रेरणा, हौसला दिन आवश्यक रहेकोमा समेत उनले जोड दिए । ‘विदेशमा अध्ययन गरेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर आउने युवाहरुको पनि संख्या ठूलो छ । उनीहरुलाई देशमै उद्यम विकासका लागि हौसला प्रदान गर्न आवश्यक छ उनले भने ‘यसका लागि स्थानीय, प्रदेश एवं संघीय सरकारले नीतिगत रुपमा सहजीकरण गर्नुर्पछ ।’

नेपाल उद्योग परिसंघ मधेश प्रदेशका अध्यक्ष प्रमोद साहले कानूनी एवं नीतिबाटै युवा उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशिष अग्रवालले मधेश प्रदेशको आर्थिक विकासले देशलाई नै समृद्धि दिन सक्ने बताए । त्यसैले मञ्चमार्फत नयाँ अवसरहरू खोज्दै, उद्यमशीलतामा नयाँपन ल्याउँदै, र देशको आर्थिक विकासमा योगदान पुर्याउने संकल्पका साथ अघि बढ्न चाहेको बताए ।  

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश च्याप्टरका अध्यक्ष रजत बजाजले देशको महत्वपूर्ण आर्थिक केन्द्र रहेको मधेश प्रदेशका युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न प्रदेश सरकार, स्थानीय सरकारसँग नीतिगत विषयमा समन्वय गर्ने बताए । उनले प्रदेश सरकारले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने, सहकार्य गर्ने विश्वास व्यक्त गरे ।  

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टरको बोर्डमा रजत बजाजसँगै आयोसी तुल्सियाना, अनुनय रुङ्टा, अनुश्री अग्रवाल, दिपक साह रहेका छन् ।  

नेपालउद्योग परिसंघ युवाउद्यमीमञ्च सन् २००८ मा गठन भएको नेपाल उद्योग परिसंघको युवा संगठन हो ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.