काठमाण्डौ । देशभर भएको आन्दोलन तथा प्रदर्शनका क्रममा भएको धनजनको क्षतीप्रति नेपाल उद्योग परिसंघ गहिरो दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना समेत प्रकट गरेको छ । साथै, घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
सुशासन, भ्रष्टाचार निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शिता हुनुपर्नेलगायतका युवा पुस्ताको आकांक्षालाई उच्च महत्व दिइ मुलुक नयाँ चरणमा प्रवेश गर्ने विश्वास परिसंघले लिएको छ । विद्यमान अन्यौलतालाई चिर्दै अगाडि बढ्नुपर्ने आम नेपालीको चाहना बमोजिम मुलुकमा शान्ति, सुव्यवस्था कायम हुने विश्वास परिसंघको छ। यसका लागि आवश्यक सहयोग, सहकार्य एवं समन्वय गर्न परिसंघले प्रतिबद्धता समेत जाहेर गरेको छ ।
‘आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीहरुलाई अत्यन्त दुखित एवं चिन्तित बनाएकोतर्फ समेत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं । औद्योगिक एवं व्यवसायिक क्षेत्रमा परेको गम्भिर असर एवं व्यक्ति तथा व्यवसाय केन्द्रित तोडफोड, आगजनी एवं लुटपाटका घटनाले लगानीकर्तालाई त्रसितसँगै धेरैको रोजगारी समेत प्रभावित भएको छ, स्ुिंघले भनेको छ, ‘लगानीकर्ता त्रसित भइरहने स्थिती भए त्यसको गम्भिर असर रोजगारीसँगै स्वदेशी एवं विदेशी लगानीमा पर्ने हुँदा निजी क्षेत्रलाई निर्वाद रुपमा उद्योग व्यवसाय गर्ने वातावरण बनाइ सुरक्षाको प्रत्याभूती दिलाउन परिसंघ आग्रह गर्दछ ।’
सार्वजनिक एवं निजी क्षेत्रका संरचना पुननिर्माणका लागि खर्बौ लगानी आवश्यक पर्ने देखिएकालृ राज्यको स्रोतले मात्रै पुननिर्माण गर्न सक्ने अवस्था नभएकाले राज्यको प्रमुख आय स्रोत पनि निजी क्षेत्र नै भएको हुँदा त्रास एवं भय मुक्त भई उद्योग व्यवसाय गर्ने वातावरण सुनिश्चित गर्न परिसंघले आग्रह गरेको छ ।