बुधबार, मंसिर २४,२०८२ 09:45:34
Bizshala
  • बुधबार, मंसिर २४,२०८२ 09:45:34
Bizshala
Global IME Bank Limited
Bizshala

नेपाल उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदुतबीच द्विपक्षीय आर्थिक सम्बन्ध बिस्तारमा छलफल

Hyundai Nepal
नेपाल उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदुतबीच द्विपक्षीय आर्थिक सम्बन्ध बिस्तारमा छलफल
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र नेपालका लागी बेलायती राजदुत रब फेनबीच द्धिपक्षिय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिबृद्धिमा छलफल भएको छ।  

परिसंघ सचिवालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल इन बिजनेसु लगायत नयाँ कार्यक्रमहरु सुरु गरेकोमा धन्यवाद ज्ञापन गरे । यसबाट नेपालले महत्वपूर्ण उपलब्धी हासिल गर्ने उनले विश्वास व्यक्त गरे । परिसंघले सरकारसँगको सहकार्यमा ‘मेक इन नेपाल स्वदेशी’ अभियान संचालन गरिरहेको भन्नुहुँदै बेलायती दूतावाससँग सहकार्यका लागि परिसंघ तयार रहेको बताए।  

अध्यक्ष अग्रवालले बेलायतसँग नेपालको अन्तराष्ट्रिय व्यापार घाटामा रहेको उल्लेख गर्दै नेपाली वस्तुहरुलाई बेलायती बजारमा प्रतिस्पर्धा गर्न आवश्यक सहयोग गर्न राजदूतलाई आग्रह गरे । उनले नेपालको पूर्वाधार, विद्युत तथा नविकरणीय उर्जा, सूचना प्रविधिलगायतका क्षेत्रमा बेलायती लगानीकर्ता भित्र्याउन भूमिका खेल्न आग्रह गर्दै बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौतामा जोड दिए ।  

CG Motors
Garima Development Bank
IME remit

सो छलफलमा नेपालका लागी बेलायती राजदुत फेनले नेपालमा आर्थिक गतिविधिहरु संचालन गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न र दुई देशबीचको नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्न बिजुली उत्पादन, ऊर्जा, प्रविधि, पर्यटन र कृषि व्यवसाय क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । साथै, नेपाल इन बिजनेसजस्ता पहलहरूमार्फत नेपालसँगको आर्थिक साझेदारीलाई बलियो बनाउन बेलायत प्रतिबद्ध रहेको उनले बताए ।  

छलफलमा परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष वीरेन्द्रराज पाण्डेलगायत सहभागी थिए ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.