मंगलवार, भाद्र २४,२०८२ 08:42:36
  • मंगलवार, भाद्र २४,२०८२ 08:42:36
Global IME Bank Limited

जेनजी आन्दोलनमाथि भएको दमनप्रति नेसनल प्याब्सनको आक्रोश, सहादत प्राप्त विद्यार्थीलाई श्रद्धाञ्जली

Hyundai Nepal
जेनजी आन्दोलनमाथि भएको दमनप्रति नेसनल प्याब्सनको आक्रोश, सहादत प्राप्त विद्यार्थीलाई श्रद्धाञ्जली

काठमाण्डौ । जेनजी आन्दोलनमा सहभागी युवामाथि भएको दमनप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले आक्रोश र दुःख व्यक्त गरेको छ ।

सोमबार राष्ट्रिय अध्यक्ष गीता क्षेत्री राणा र महासचिव प्रतापबहादुर थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा लोकतन्त्र, मानव अधिकार र नागरिक स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै शान्तिपूर्णरूपमा आफ्ना अधिकार, भविष्य र समान अवसरका लागि आवाज उठाइरहेका युवामाथि राज्य शक्तिको प्रयोग गरेर गरिएको दमन निन्दनीय भएको उल्लेख गरिएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेसनल प्याब्सनले सहादत प्राप्त गरेका विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त आफन्तजनमा समवेदना व्यक्त गरेको छ । साथै, आन्दोलनमा घाइते भएका सबै युवाको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

विज्ञप्तिमा सरकारले तीन बुँदा सम्बोधन गर्नुपर्ने माग राखिएको छ । तीमध्ये शान्तिपूर्ण आन्दोलनमा संलग्न विद्यार्थीमाथि भएको दमन तत्काल बन्द गर्न, सहादत प्राप्त विद्यार्थीहरूको सम्मान र न्यायका लागि दोषीलाई कानूनी कारबाहीमा ल्याउन र घाइते युवाको पूर्ण तथा उचित उपचारको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

नेसनल प्याब्सनले सम्पूर्ण विद्यार्थी, अभिभावक, नागरिक समाज र सरोकारवालालाई संयमता अपनाई शान्तिपूर्ण दबाबमार्फत न्याय र अधिकार सुनिश्चित गर्ने साझा अभियानलाई अघि बढाउन आह्वानसमेत गरेको छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.