बिहीबार, श्रावण २१,२०८३ 02:41:49
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 02:41:49
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनमाथि भएको दमनप्रति नेसनल प्याब्सनको आक्रोश, सहादत प्राप्त विद्यार्थीलाई श्रद्धाञ्जली

जेनजी आन्दोलनमाथि भएको दमनप्रति नेसनल प्याब्सनको आक्रोश, सहादत प्राप्त विद्यार्थीलाई श्रद्धाञ्जली
New Office

काठमाण्डौ । जेनजी आन्दोलनमा सहभागी युवामाथि भएको दमनप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले आक्रोश र दुःख व्यक्त गरेको छ ।

सोमबार राष्ट्रिय अध्यक्ष गीता क्षेत्री राणा र महासचिव प्रतापबहादुर थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा लोकतन्त्र, मानव अधिकार र नागरिक स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै शान्तिपूर्णरूपमा आफ्ना अधिकार, भविष्य र समान अवसरका लागि आवाज उठाइरहेका युवामाथि राज्य शक्तिको प्रयोग गरेर गरिएको दमन निन्दनीय भएको उल्लेख गरिएको छ ।

नेसनल प्याब्सनले सहादत प्राप्त गरेका विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त आफन्तजनमा समवेदना व्यक्त गरेको छ । साथै, आन्दोलनमा घाइते भएका सबै युवाको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

विज्ञप्तिमा सरकारले तीन बुँदा सम्बोधन गर्नुपर्ने माग राखिएको छ । तीमध्ये शान्तिपूर्ण आन्दोलनमा संलग्न विद्यार्थीमाथि भएको दमन तत्काल बन्द गर्न, सहादत प्राप्त विद्यार्थीहरूको सम्मान र न्यायका लागि दोषीलाई कानूनी कारबाहीमा ल्याउन र घाइते युवाको पूर्ण तथा उचित उपचारको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

नेसनल प्याब्सनले सम्पूर्ण विद्यार्थी, अभिभावक, नागरिक समाज र सरोकारवालालाई संयमता अपनाई शान्तिपूर्ण दबाबमार्फत न्याय र अधिकार सुनिश्चित गर्ने साझा अभियानलाई अघि बढाउन आह्वानसमेत गरेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.