काठमाण्डौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनमा सहभागी युवालाई संयमित हुन आह्वान गरेका छन्।
मंगलबार मेयर शाहले आफ्नो फेसबुक पोस्टमार्फत भनेका छन्, “यो नितान्त Gen Z को आन्दोलन हो। प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा अब आइसकेको छ। अब संयमित रहनुहोस्। देशको जनधनको क्षति भनेको हामी सबैको सम्पत्तिमा भएको क्षति हो।”
उनले थपे, “अब तपाईंहरूको पुस्ताले देशको नेतृत्व गर्नुपर्नेछ। तयारी रहनुहोस्। साथै, सेना प्रमुखसँग वार्ताको लागि पनि तयार रहनुहोस्। तर याद राख्नुहोस्—वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ।”
मेयर शाहको यो आह्वानले युवा नेतृत्वको भूमिकामा जिम्मेवारी र संयमको महत्वमाथि जोड दिएको विश्लेषकहरूले बताएका छन्।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।