काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्।
लामिछाने सहकारी बचत अपचलन मामिलामा नख्खु जेलमा रहेका थिए। जेलबाट निस्केपछि उनले गरेको भाषणको भिडिओ रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्।
नख्खु जेलका प्रमुख सत्यराज जोशीका अनुसार, प्रदर्शनकारीहरूले ढुंगा मुढा गर्ने घटनापछि लामिछानेलाई छोड्नुपर्ने स्थिति सिर्जना भएको थियो। जोशीले भने, “कारागारमा रहेका अन्य कैदीहरूको सुरक्षाका लागि उहाँलाई छोडिदिएका छौं।”


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।