काठमाण्डौ । जेनजी प्रदर्शनकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा भेला भएका छन् । प्रदर्शनकारीहरु सुरक्षा घेरा तोडेर विमानस्थलभित्र प्रवेश गर्न खोजिरहेका छन् ।
ठूलो संख्यामा तैनाथ नेपाली सेनाले प्रदर्शनकारीहरुलाई रोक्ने प्रयास गरिरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बिहानैदेखि बन्द अवस्थामा छ । प्रदशर्नकारीहरुलाई बोलेन शाह, सन्दुक रुइत, कुलमान घिसिङ लगायतले संयमित हुन आह्वान गरेपनि उनीहरुले आगजनी र तोडफाड जारी राखेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।