बिहीबार, असार १८,२०८३ 08:07:40
Bizshala
  • बिहीबार, असार १८,२०८३ 08:07:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नक्सालको भाटभटेनी स्टोरमा लुटपाट र आगजनी

Laxmi Sunrise Bank Limited
नक्सालको भाटभटेनी स्टोरमा लुटपाट र आगजनी

काठमाण्डौ । नक्सालस्थित भाटभटेनी सुपर स्टोर मंगलबार साँझ आन्दोलनकारीहरूको निशानामा पर्‍यो। प्रदर्शनकारीहरूले सामान लुटपाट गरेपछि स्टोरमा आगजनीसमेत गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार स्टोरभित्र रहेका सामग्री उठाइएपछि आगो लगाइएको हो। उनले भने, “कतिपय सामान लुटेर लगिएको छ, त्यसपछि स्टोरमा ठूलो आगो लगाइयो। क्षतिको यकिन विवरण भने आउन बाँकी छ।”

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि पनि राजावादी आन्दोलनको क्रममा कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट भएको थियो।

यो घटनाले देशभर फैलिएको असन्तोषको चरम रुप देखाएको विश्लेषकहरूको भनाइ छ। नेपालको खुद्रा बजारमा ठूला चेन सुपर स्टोरहरूमाथिको सीधा आक्रमण केवल व्यापारिक क्षति मात्र नभई अस्थिर राजनीतिक माहोलले निजी व्यवसायलाई असुरक्षित बनाएको संकेतका रूपमा लिइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.