काठमाण्डौ । बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राई (डीपी राई)ले पदबाट राजीनामा दिएका छन् । राइले मंगलबार नगरबासीलाई सम्बोधन गर्दै एमाले र जनप्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएको घोषण गरेका हुन् ।
उनले जेनजी समूहको मागलाई सम्बोधन नगरी अनाहकमा विद्यार्थी र नागरिकहरूको ज्यान लिएका कारण राजीनामा दिएको बताएका छन् ।
यस्तै एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले पनि पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।