IME remit
  • बुधबार, कार्तिक १९,२०८२ 03:54:40
IME remit
Global IME Bank Limited

प्रधानसेनापति सिग्देलले राष्ट्रलाई सम्बोधन गर्ने

Hyundai Nepal
प्रधानसेनापति सिग्देलले राष्ट्रलाई सम्बोधन गर्ने
Shivam Cement

काठमाण्डौ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। देशभर जेनजी प्रदर्शन चर्किरहेको बेला यो सम्बोधन हुन लागेको हो।

यसअघि सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त वक्तव्यमार्फत प्रदर्शनकारीलाई संयमित रहन आग्रह गरेका थिए। त्यसपछि सेनाले छुट्टै वक्तव्य जारी गरी सार्वजनिक सम्पत्तिको तोडफोड नगर्न अनुरोध गरेको थियो।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

सोमबार प्रदर्शनका क्रममा सरकारी दमनका कारण धेरै युवाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए। मंगलबार प्रदर्शनकारीहरूले राजनीतिक नेताहरूको निवासलाई निशाना बनाउँदै आगजनी गरे। सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, शीतलनिवासलगायतका प्रमुख प्रशासनिक भवनहरूमा पनि आगजनी भएको छ। केही व्यावसायिक प्रतिष्ठानहरूमा समेत तोडफोड र आगजनी भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संयम अपनाउन आग्रह गर्दै जेनजी प्रदर्शनकारीलाई वार्तामा बोलाएका छन्। यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, डा. सन्दुक रुइत, कुलमान घिसिङलगायतले सार्वजनिक सम्पत्तिको क्षति नगर्न प्रदर्शनकारीलाई अनुरोध गरेका छन्।

CG Motors
Muktinath Bikas Bank Limited

स्थिति नियन्त्रणबाहिर गएपछि बिहान केही मन्त्रीहरूले राजीनामा दिएका छन् भने दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पद छाडेका छन्। नेतृत्व संकट गहिरिँदै गएको र प्रदर्शन तीव्र बनेको सन्दर्भमा प्रधानसेनापति सिग्देलको सम्बोधनलाई निकै महत्त्वपूर्ण मानिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.