काठमाण्डौ । मंगलबार राति १० बजेदेखि सेना परिचालन भएको छ ।
जेनजी आन्दोलनका नाममा काठमाण्डौ लगायतका ठाउँहरुमा लुटपाटका घटना बढेपछि नागरिकको सुरक्षाका लागि नेपाली सेना औपचारिक रुपमै परिचालन भएको हो । राति १० बजेदेखि नै देशको सुरक्षा कमाण्ड नेपाली सेनाले सम्हालेको हो ।
नेपाली सेनाले मंगलबार राति एक विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको उल्लेख गर्दै यस्ता गतिविधि नगर्न र नगराउन चेतावनी समेत दिएको थियो ।
'यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातिको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं ।' सेनाले विज्ञप्तिमा भनेको छः'सम्पूर्ण राष्टबासीलाई सहयोगका लागि हार्दिक अपील गर्दछौं ।'
