काठमाण्डौ । चितवनमा सुरक्षाकर्मीले नै कारागारबाट कैदीबन्दीलाई घर पठाएका छन् । सुरक्षाकर्मीले जिल्ला कारागार चितवनमा रहेका कैदीबन्दीलाई घर पठाएका हुन् ।
कैदीबन्दीले नाराबाजी गरेर बाहिर निस्किने प्रयास गरेपछि कारागारबाट कैदीबन्दीलाई घर पठाइएको सुरक्षाकर्मीले बताएका छन् ।
कैदीबन्दीहरु आफ्नो बन्दोबस्तीका सामानसहित कारागारबाट बाहिरिएका छन् ।