काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल जेनजी आन्दोलनका क्रममा आक्रमणमा नपरेको उनको सचिवालयले प्रष्ट पारेको छ ।
प्रेस सल्लाहकार भूवन केसीले एक विज्ञप्ति जारी गर्दै भदौ २४ गते उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरु भ्रम रहेको प्रष्ट पारेका हुन् ।
'उहाँमाथि कुनै आक्रमण भएको छैन ।' विज्ञप्तिमा भनिएको छ ।
हिजो दिनभर सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो, जसमा अर्थमन्त्री विष्णु पौडेललाई कुटपिट भएको भनेर दाबी गरिएको थियो । कतिपयले चाहिँ खोलामा नेता पिटिएको भिडियोमा समेत अर्थमन्त्रीको नाम जोडेका थिए ।