काठमाण्डौ । पोखरा नयाँबजारस्थित गण्डकी प्रदेश सरकारका मन्त्री विन्दूकुमार थापाको घरमा जलेको अवस्थामा महिलाको शव भेटिएको छ ।
नेपाल अटोमोबाइल एशोसिएसनका पूर्व केन्द्रीय अध्यक्ष ध्रुव थापा तथा उनका दाजु गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित गाडीको सोरूम आन्दोलनकारीले जलाइदिएका थिए ।
सो क्रममा घरमै रहेकी थापाको गाडी सोरुममा काम गर्ने महिलाको जलेर मृत्यु भएको पाइएको हो । आज बिहान खोजबिनको क्रममा आगजनीले खण्डहर बनेको ध्रुव थापाको गाडीको सोरुमभित्र पूर्ण रुपमा जलेको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।