काठमाण्डौ । जेनजी आन्दोलनकारीबाट घरमै निर्घात पिटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पछिल्लो स्वास्थ्य अवस्थाको अपडेट आएको छ ।
सभापति देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उनीनिकट स्रोतले जनाएको छ । उनको सुरक्षित र गोप्य स्थानमा राखेर उपचार भइरहेको बताइएको छ ।
मंगलबार जेनजी प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित देउवा निवासमा प्रवेश गरेर देउवा दम्पत्तिमाथि नै निर्घात कुटपिट र आक्रमण गरेका थिए ।
रगताम्य अवस्थामा देउवा दम्पत्तिलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
देउवा दम्पत्तिलाई उद्धार गरी छाउनीस्थित सैनिक अस्पतालमा लगिएको थियो । त्यसपछि त्यहाँबाट पनि सारेर सुरक्षित ठाउँमा लगी उपचार भइरहेको स्रोतहरुले बताएका छन् । देउवा दम्पत्ति खतरामुक्त छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।