काठमाण्डौ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि पूर्णरूपमा बन्द भएको छ। विमानस्थल कार्यालयले अर्को सूचना नआएसम्म उडान सेवा सुचारु नहुने स्पष्ट पारेको छ।
जटिल परिस्थितिका कारण यो निर्णय लिइएको कार्यालयको भनाइ छ। सुरुमा मंगलबार मध्याह्न १२ बजे विमानस्थल खुल्ने अपेक्षा गरिएको थियो, तर हालसम्म खुल्ने समय निर्धारण भएको छैन।
यसले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू पूर्णरूपमा ठप्प भएका छन्। यात्रुहरूलाई थप जानकारीका लागि विमानस्थलको आधिकारिक सूचना पर्खन अनुरोध गरिएको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।