काठमाण्डौ । जेनजी प्रतिनिधिहरु नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पुगेका छन् । जेनजी समूहका १५÷१६ जनाको समूह आज सेनाको मुख्यालयमा पुगेको हो ।
भ्रष्ट्राचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार र मंगलबार सडक तताएका जेनजी समूहलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गरेका थिए । सोही क्रममा आज जेनजी समूहका युवाहरु सैनिक मुख्यालयमा गएका हुन्े । उनीहरुले प्रधान सेनापति अशोकराज सिग्देललाई भेट गरेका छन् । ठूलो संख्यामा पुगेका जेनजी समूहलाई सिग्देलले एकमत बनाएर मिलेर आउन आग्रह गरेका थिए ।
प्रधानसेनापति सिग्देलसँग भेटपछि जंगीअड्डाभित्रै जेनजी प्रतिनिधि यतिबेला छुट्टै छलफलमा जुटेका छन् । उनीहरुलाई संवादका लागि एकजना संयोजक तोक्न समेत भनिएको छ ।
सेनासँगको छलफल निष्कर्षमा पुगेपछि राष्ट्रपतिको उपस्थितिमा संवाद हुने जनाइएको छ ।