काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । जेनजी आन्दोलनपश्चात बन्द रहेको त्रिभुवन विमानस्थल आज बसेको विमानस्थल सुरक्षा समितिको बैठकले सुचारु गर्ने निर्णय गरेको हो ।
विमानस्थलबाट हिजोबाट उडानहरु बन्द गरिएको थियो ।
विमानस्थलद्वारा जारी सूचनामा भनएिको छ, ‘हवाइ उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरुले आआफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दौ आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनुहुन समेत अनुरोध छ ।’

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                