काठमाण्डौ । मंगलबार कालिमाटीमा प्रहरीले चलाएको गोली लागेका एक व्यक्तिको निधन भएको हो । मृत्यु हुनेमा उदयपुरका ३० वर्षीय देवकुमार सुवेदी रहेका छन् । उपचारको क्रममा उनको आज अस्पतलामा निधन भएको हो ।
जेनजीले मंगलबार कालिमाटीमा गरेको प्रदर्शनको क्रममा सुवेदीको पेटमा गोली लागेको थियो । उनलाई तत्कालै बल्खुमा रहेको बयोदा अस्पताल लगिएको थियो । पेट च्यातिँदै आन्द्रा बाहिर आएको उनको अत्यधिक रक्तश्राव भएको थियो ।