• बिहीबार, भाद्र २६,२०८२ 01:01:36
Global IME Bank Limited

काठमाण्डौ उपत्यकामा शुक्रबारसम्म कर्फ्यू, बिहीबारदेखि सरकारी कार्यालय र बैंक खोल्न मिल्ने

Hyundai Nepal
काठमाण्डौ उपत्यकामा शुक्रबारसम्म कर्फ्यू, बिहीबारदेखि सरकारी कार्यालय र बैंक खोल्न मिल्ने

काठमाण्डौ । नेपाली सेनाले नागरिकको जनधनको सुरक्षाका लागि भन्दै  काठमाण्डौ उपत्यकामा शुक्रबार बिहानसम्मका लाग कफ्र्यू आदेश जारी गरेको छ ।  

सेनाले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा र कफ्र्यू आदेशको समय लम्बयाएको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अब काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लामा भदौ २६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ ।  

यस्तै, भदौ २६ गते बेलुका ७ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि कफ्र्यू आदेश थप गरिएको छ ।  

सेनाले अत्यावश्यक कार्यका लागि हिँडडूल गर्ने समय पनि तोकेको छ । जसअनुसार भदौ २६ गते बिहान ६ बजेदेखि बिहान १० बजेसम्म र भदौ २६ गते बेलुका ५ बजेदेखि बेलुका ७ बजेसम्मको समय तोकिएको छ । 

सेनाले भोलिदेखि नै विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवातजावत गर्ने छुट समेत दिएको छ । योसँगै अब बिहीबार(भोलि)देखि नै बैंक तथा वित्तीय संस्थाहरु खुल्नसक्नेछन् ।  

यो पनि हेर्नुहोस

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.