काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय बागलुङले ४ जना कैदीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४ कैदीलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई मालढुङ्गा चेकपोष्टबाट बुधबार नियन्त्रणमा लिइएको हो । ती मध्ये ३ जना जिल्ला कारागार कास्कीबाट भागेका थिए भने एक जना म्याग्दी कारागारबाट भागेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।